इरानका ६ हजार लक्ष्यमा अमेरिकी आक्रमण
सारांश
- अमेरिकाले इरानविरुद्धको 'अपरेसन एपिक फ्युरी' अन्तर्गत ६ हजार लक्ष्यमा आक्रमण गरेको जनाएको छ।
- आक्रमणमा इरानका ६० वटा जहाज र ३० वटा माइन बिछ्याउने जहाजमा क्षति पुगेको छ।
- सुरुवाती हवाई आक्रमणमा इरानको एक विद्यालयमा बम खसेको आशङ्का गरिएको छ।
वासिङ्टन डीसी । इरानविरुद्ध सञ्चालन गरिरहेको ‘अपरेसन एपिक फ्युरी’अन्तर्गत हालसम्म करिब ६ हजार लक्ष्यमा आक्रमण गरिएको अमेरिकाले जनाएको छ । यो तथ्याङ्क अमेरिकी सेनाको केन्द्रीय कमाण्ड सेन्टकमले सार्वजनिक गरेको हो ।
उक्त कमाण्डका अनुसार आक्रमणका क्रममा इरानका करिब ६० वटा जहाज र ३० वटा माइन्स बिछ्याउने जहाज क्षति पुर्याइएको वा नष्ट गरिएको छ । यसका अतिरिक्त अमेरिकी आक्रमणको निशानामा सैन्य कमाण्ड केन्द्र, हतियार उत्पादन गर्ने कारखाना, ब्यालिस्टिक मिसाइल साइट,
पनडुब्बी, तथा हवाई प्रतिरक्षा प्रणालीमाथि पनि प्रहार भएको छ ।
यसैबीच अमेरिकी सञ्चारमाध्यमहरूले सुरुवाती हवाई आक्रमणका क्रममा इरानको एक विद्यालयमा बम खसेको हुनसक्ने आशङ्का गरिएको बताएका छन् । प्रारम्भिक अनुसन्धानमा अमेरिकी सेनाको आक्रमणबाट अनजानमा विद्यालयमा क्षति पुगेको हुनसक्ने सङ्केत देखिए पनि अन्तिम निष्कर्ष भने अझै नआएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण