शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनआरएनएको १२ औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन्छ : डा. बद्री केसी

शुक्रबार, २९ फागुन २०८२, २० : २५
शुक्रबार, २९ फागुन २०८२

काठमाडाैँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठ लगायतले फागुन ३० गतेबाट शुरु हुने सो महाधिवेशनको नेतृत्व सहमतीमा चयन गर्ने बताएका हुन् ।

अध्यक्ष केसीले अध्यक्ष लगायतका पदमा सर्वसम्मत हुने र केही पदमा सर्वसम्मति नभए मात्रै निर्वाचनमा जाने गरी आफूहरुले सहमतिको प्रयास जारी राखेको समेत बताए ।

उनले भने,‘सबै विमतिहरु टुंगिएका छन् । यद्यपि अहिले यो एकताको सुरुवात मात्रै हो । जसरी गैर आवासीय नेपाली संघको जन्म भएको थियो । अव यसको पुनर्जन्म हुन्छ । अब यो संस्थाले सबै नेपालीहरुलाई एकसाथ जोडेर सबैलाई संस्थाको अपनत्व हुनेगरी अगाडि बढ्छ । यसका लागि धेरै गृहकार्यहरु भइसकेका छन् । हाम्रो अघि प्रेस मिटमा निर्वाचन तालिका उल्लेख गरिएको छ । हामी सायद निर्वाचन गर्दैंनौ होला । सबै पदाधिकारीहरुलाई काम गर्र्ने गरी समेटेर अघि बढ्नेछौँ । अध्यक्षको तीन जना प्रत्यासीहरुमध्ये २ वटा प्रत्यासीको बीचमा सहमती भइसकेको छ । र, तेस्रो प्रत्यासीसँग पनि सहमति हुनेमा हामी विश्वस्त छौ । केही पदमा सहमती नभए निर्वाचन हुन्छ । तर महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप