इजरायलले मारिएको दाबी गरेका लारिजानीको सामाजिक सञ्जालमा नोट सार्वजनिक
सारांश
- इजरायलले हवाई आक्रमणमा मारेको दाबी गरेपछि इरानका उच्च सुरक्षा अधिकारी अली लाजिरानीको हस्तलिखित नोट सार्वजनिक भयो।
- इरानी पक्षले आधिकारिक पुष्टि नगरेको र नोट अमेरिकी आक्रमणमा मारिएका इरानी नौसेनाका सदस्यहरूको सम्झनामा लेखिएको हो।
- इजरायली सञ्चारमाध्यमले लाजिरानी आफ्नो छोरासहित लुकेको अपार्टमेन्टमा आक्रमणको निशानामा परेको दाबी गरेका छन्।
काठमाडौँ । इरानका उच्च सुरक्षा अधिकारी अली लाजिरानीको सामाजिक सञ्जाल अकाउन्टबाट एक हस्तलिखित नोट सार्वजनिक भएको छ ।
इजरायलले उनलाई हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो । तर इरानी पक्षले अहिलेसम्म यसको आधिकारिक पुष्टि गरेको छैन । लारिजानीको ‘एक्स’ अकाउन्टमा प्रकाशित उक्त नोट इरानको सरकारी सञ्चारमाध्यमहरूले समेत सेयर गरेका छन् । उक्त सन्देश हालै अमेरिकी आक्रमणमा मारिएका इरानी नौसेनाका सदस्यहरूको सम्झनामा लेखिएको बताइएको छ ।
यी सेनाको अन्त्येष्टि समारोह मंगलबार नै आयोजना हुने अपेक्षा गरिएको छ । ‘इस्लामिक गणतन्त्र इरानका नौसेनाका बहादुर सदस्यहरूको अन्त्येष्टिको अवसरमा– उनीहरूको सम्झना सधैँ इरानी जनताको हृदयमा रहनेछ, र यी शहादतहरूले आगामी वर्षहरूमा सशस्त्र बलभित्र इस्लामिक गणतन्त्रको सेनालाई अझ सुदृढ बनाउनेछन् ।’ नोटमा लेखिएको छ । नोटमा लाजिरानील भगवानसँग ती शहीदहरूलाई उच्च स्थान प्रदान गर्न प्रार्थना गरेका छन् ।
उता इजरायली सञ्चारमाध्यमहरूले लाजिरानी आफ्नो छोरा सहित लुकेको अपार्टमेन्टमा आक्रमणको निशानामा परेको दाबी गरेका छन् । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले लारिजानी मारिएको दाबी गर्दै आफू र प्रधानमन्त्रीले इरानका नेतृत्वविरुद्ध सैन्य कारबाहीलाई निरन्तरता दिन निर्देशन दिएको बताएका छन् । उनले इजरायली सेनालाई इरानी नेतृत्वलाई खोजी–खोजी कारबाही जारी राख्न आदेश दिइएको पनि उल्लेख गरेका छन् ।
लारिजानीलाई अन्तिम पटक गत शुक्रबार तेहरानमा आयोजित वार्षिक अल–कुद्स डे र्यालीमा देखिएको थियो । सो अवसरमा उनी अन्य वरिष्ठ इरानी अधिकारीहरूसँगै राजधानीको सडकमा मार्च गर्दै देखिएका थिए ।
त्यही कार्यक्रममा उनले इजरायल तथा उसका सहयोगीहरूमाथि कडा टिप्पणी गर्दै हालका आक्रमणहरू हतासा र डरको सङ्केत भएको बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण