पाँच लाखभन्दा बढीका अवैध सामान बरामद
भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रु पाँच लाख ३२ हजार ६२० बराबरका विभिन्न सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार चैत ३ गते विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा तरकारी, कुखुरा, कपडा, किराना तथा अन्य सामग्री बरामद गरिएको हो ।
प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदहबाट करिब रु ८२ हजार ५०० बराबरका विभिन्न तरकारी बरामद गरिएको छ भने मायादेवी गाउँपालिका–५ पर्सहवाबाट २० केजी ब्रोइलर कुखुरासहित करिब रु १० हजार ५०० बराबरका सामान नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी सिद्धार्थनगर नगरपालिका–७ कासी कम्प्लेक्स नजिकबाट ४८६ मिटर कपडासहित करिब रु दुई लाख ४३ हजार बराबरका सामग्री बरामद गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ ओडलियाबाट १६० केजी केरा, १४ पिस साडी र ३८ पिस ब्लाउजको कपडासहित करिब रु ४८ हजार ७०० बराबरका सामान नियन्त्रणमा लिइएको छ ।
यसैगरी कोटहीमाई गाउँपालिका–७ कटैयाबाट करिब रु १० हजार ९०० बराबरका साइकलमा प्रयोग हुने सामग्री बरामद गरिएको छ भने सिद्धार्थनगर नगरपालिका–६ दुर्गा कलोनीबाट ४० केजी केरासहित करिब रु एक हजार ८५० बराबरका सामान फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ खुनगाईबाट ३०० केजी चिनी, ६० केजी सराफ, २८ प्याकेट बिस्कुट, १ पेटी स्याम्पु लगायतका किराना सामग्री गरी करिब रु ४९ हजार ५०० बराबरका सामान बरामद गरेको छ ।
त्यसैगरी सिद्धार्थनगर नगरपालिका–१ बेलहिया कोठहीमाई मन्दिर नजिकबाट १५ पिस लेडिज सुट, ३७ प्याकेट निक्सोडन क्रिम र एक कार्टुन किसमिससहित करिब रु ८५ हजार ७०० बराबरका सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहियामा पठाइएको छ । जिल्लामा तस्करी नियन्त्रणका लागि नियमित रूपमा निगरानी तथा चेकजाँचलाई कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण