कतारको कठोर कदम: इरानी अधिकारीहरूलाई २४ घण्टाभित्र देश छोड्न आदेश
बिहीबार, ०५ चैत २०८२, ०२ : ३३
सारांश
- कतारले इरानका सैन्य तथा सुरक्षा मामिला हेर्ने अधिकारीहरूलाई देश छोड्न आदेश दिएको छ।
- इरानले बारम्बार आक्रमण गरेपछि कतारले यो कठोर कदम चालेको हो।
- कतारको विदेश मन्त्रालयले इरानी दूतावासका कर्मचारीलाई अस्वीकार्य व्यक्ति घोषणा गरेको छ।
काठमाडौँ । कतारले आफ्नो देशमा रहेका इरानी दूतावासका सैन्य तथा सुरक्षा मामिला हेर्ने अधिकारी र उनीहरूका कर्मचारीहरूलाई ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरेको छ । इरानले बारम्बार गर्दै आएको आक्रमणको प्रतिक्रिया स्वरूप यो कठोर निर्णय लिइएको र उनीहरूलाई २४ घण्टाभित्र कतार छोड्न आदेश दिइएको कतारको विदेश मन्त्रालयले जनाएको छ ।
कतारको विदेश मन्त्रालयलका अनुसार इरानद्वारा भएका बारम्बारका आक्रमणहरूका कारण इरानी दूतावासमा कार्यरत सैन्य र सुरक्षा मामिला हेर्ने अधिकारी तथा उनीहरू मातहतका सम्पूर्ण कर्मचारीलाई ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली
-
विश्वकप २०२६ः सबै टोलीको दोस्रो खेल सकिँदा के–के भयो अहिलेसम्म ?
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
-
मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण