केन्द्रीय कारागारबाट फरार एक जना कैदीबन्दी पक्राउ
बिहीबार, ०५ चैत २०८२, १६ : ०६
सारांश
- भदौमा जेनजी प्रदर्शनको बेला सुन्धारा कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३५ वर्षीय साईला तामाङ रहेका छन्।
- उनी बहुविवाह मुद्दामा जेल परेका थिए र भक्तपुरको दुवाकोटबाट पक्राउ परेका हुन्।
काठमाडौँ । गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भएर भक्तपुर बस्ने ३५ वर्षीय साईला तामाङ छन् ।
बिहीबार उनलाई भक्तपुरको दुवाकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले रातोपाटीलाई बताए ।
प्रतिवादी भदौ २४ मा जेनजी आन्दोलन हुँदा कारागारबाट भागेका हुन् । उनी बहुविवाह मुद्दामा जेल परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्पनी दर्तासँगै अनलाइनबाटै प्यान प्रमाणपत्र डाउनलोड गर्न सकिने
-
विद्यार्थी संगठनका संरचना हटाउने निर्देशन फिर्ता लिन विद्यार्थी सङ्गठन नेपालकाे माग
-
खैरो हेरोइनसहित सप्तरीबाट एक जना पक्राउ
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिविकै निकायबिच मतभिन्नता
-
हालान्डको नर्वेलाई रोक्ने आइभोरी कोस्टको नयाँ हतियार
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण