राजनीति
गगनको राजीनामाको विपक्षमा उभिए विश्वप्रकाश
‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसङ्गत हुँदैन’
बिहीबार, ०५ चैत २०८२, १८ : १८
सारांश
- विश्वप्रकाश शर्माले गगन थापाको राजीनामाको विपक्षमा आफ्नो धारणा राखेका छन्।
- शर्माले नैतिक दायित्व सम्हाल्नुपर्ने बताए, राजीनामाको विपक्षमा उभिए।
- उनले बैठकमा समीक्षा, राजीनामा पत्र र अस्वीकृत गर्ने प्रस्ताव पेस हुने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । बिहीबार सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै शर्मा राजीनामाको विपक्षमा उभिएका हुन्।
गगन थापाले आज बिहान पदबाट राजीनामा दिएपछि उपसभापति शर्माले नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक भए पनि अहिलेको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व भएको बताए ।
बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने उनले बताए ।
डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसङ्गत नहुने उनले बताए । गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले ३८ सिटमा मात्रै जित हासिल गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
-
अल्जेरियाको शानदार पुनरागमन, जाेर्डनविरुद्ध २–१ को अग्रता
-
९ वर्षपछि फेरि पलेँटीमा गुन्जँदै गायक विधान श्रेष्ठ
-
युरोपमा अत्यधिक गर्मीका कारण ‘रेड अलर्ट’ जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण