पोखराबाट लागुऔषधसहित एक जना पक्राउ
सारांश
- पोखरामा लागुऔषधसहित आयुष तामाङ पक्राउ परेका छन्, उनीसँग २५ सय एम्पुल लागुऔषध बरामद गरियो।
- प्रहरीले उनको कोठाबाट डाईजापाम, फेनेरागन र बुप्रिनर्फिन लगायतका लागुऔषध बरामद गरेको छ।
- पोखरामा खैरो हिरोइनसहित शिव गिरी पक्राउ परे, र प्रहरीले उनलाई हिरासतमा लिएको छ।
पोखरा । पोखराबाट ठुलो परिमाणमा लागुऔषधसहित आयुष तामाङ पक्राउ परेका छन् । झण्डै २५ सय एम्पुल लागुऔषधसहित पोखरा २९ सैनिक बस्तीबाट १९ वर्षीय तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनको कोठा खानतलासी गर्दा डाईजापाम १ हजार ७ सय २१ एम्पुल, फेनेरागन ३ सय ३४ एम्पुल र बुप्रिनर्फिन ३ सय ७७ एम्पुल गरी कुल २ हजार ४ सय ३२ एम्पुल लागुऔषध बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
उनको साथबाट ९३ हजार ५ सय रुपैयाँ नगद र दुई थान मोबाइल समेत बरामद भएको छ । उनलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बस्नेतले बताए।
यसैगरी पोखरा १० रामघाटबाट खैरो हिरोइन सहित अर्का एक जना पक्राउ परेका छन् । ८ ग्राम १५ मिलिग्राम खैरो हिरोइन सहित तनहुँ घर भई हाल सोही ठाउँ बस्ने २० वर्षीय शिव गिरीलाई पक्राउ गरिएको हो ।
उनको साथबाट एक थान मोबाइल बरामद पनि गरिएको छ । उनलाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको बस्नेतले जानकारी दिए।
कास्की प्रहरीका अनुसार चालु आर्थिक वर्षमा मात्रै लागुऔषध सम्बन्धी ८० वटा मुद्दा दर्ता भएका छन् भने १ सय २० जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा १ सय ११ जना पुरुष र ९ जना महिला छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण