११ वर्ष कैद भुक्तान गरेर निस्कने बित्तिकै फेरि चोरी
सारांश
- ११ वर्ष जेल बसेर छुटेका व्यक्ति सुनचाँदीसहित पक्राउ परे, उनले पहिले पनि चोरी गरेका थिए।
- ललितपुरको घरमा चोरी भएको सुनचाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा 'सिरियल चोर' प्रेम लामा र सजन कुमार श्रेष्ठ रहेका छन्, उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
काठमाडौँ । जेलको चिसो छिँडीमा ११ वर्ष बिताएर निस्किएपछि मानिस सामान्यतया सुध्रिने अपेक्षा गरिन्छ। तर, केही पात्रका लागि भने जेल जीवन केवल अर्को अपराधको 'विश्राम' जस्तै बन्ने गरेको छ।
११ वर्ष लामो कैद भुक्तान गरी थुनामुक्त भएको केही समयमै फेरि चोरी धन्दामा संलग्न भएका एक व्यक्तिसहित दुई जनालाई प्रहरीले सुनचाँदीका गरगहनासहित पक्राउ गरेको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ६, सिद्धिपुरस्थित कृष्ण प्रसाद श्रेष्ठको घरमा गत चैत ३ गते ठुलो परिमाणमा सुनचाँदीका गरगहना चोरी भएको थियो। दिउँसै भएको उक्त लुटपाटपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो।
प्रहरीको विशेष टोलीले खोजतलास गर्दै जाँदा चोरीमा संलग्न मुख्य योजनाकार र सहयोगीलाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिन सफल भयो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौँको मनोहरा बस्ने ३२ वर्षीय प्रेम लामा र दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ घर भई हाल कागेश्वरी मनोहरा बस्ने ३२ वर्षकै सजन कुमार श्रेष्ठ रहेका छन्।
पक्राउ परेकामध्ये प्रेम लामा ‘सिरियल चोर’ रहेको खुलेको छ। उनले यसअघि पनि पटक-पटक चोरी तथा डकैती मुद्दामा जेल सजाय काटिसकेका छन्। विभिन्न समयमा गरी कूल ११ वर्ष कैद भुक्तान गरेर हालै मात्र जेलबाट छुटेका लामाले बाहिर आउनेबित्तिकै फेरि आफ्नो पुरानै पेसालाई निरन्तरता दिएको प्रहरी अनुसन्धानबाट देखिएको छ। कारागारको लामो बसाइले पनि उनमा कुनै सुधार नआएको र जेलबाट निस्कनासाथ पुनः आपराधिक क्रियाकलापमा सक्रिय भएको पाइएपछि अनुसन्धान अधिकारीहरू समेत अचम्मित भएका छन्।
प्रहरीले उनीहरूको साथबाट कृष्ण प्रसाद श्रेष्ठको घरबाट चोरी भएका सुन र चाँदीका विभिन्न गरगहनाहरू फेला पारेको छ। पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त सातदोबाटोमा राखेर चोरी मुद्दा दर्ता गरिएको छ।
ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण