टावर भाँचिएर एफएमको प्रसारण बन्द
शनिबार, ०७ चैत २०८२, ११ : ०३
हेटौँडा । हावाहुरीका कारण टावर भाँचिएपछि हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित हेटौँडा एफएम ९९.६ मेगाहर्जको प्रसारण बन्द भएको छ ।
गए राति चलेको तीव्र गतिको हावाहुरीले एफएमको १२० मिटर अग्लो टावरबीच भागमा भाँचिएपछि एफएमको प्रसारण बन्द भएको एफएमका अध्यक्ष उज्जवल चौलागाईंले बताए ।
प्रसारण एन्टेनासहितको सो टावर भाँचिएर करिब रु १५ लाख मूल्य बराबरको क्षति भएको अध्यक्ष चौलागाईंले बताए । भाँचिएको टावर मर्मत गरेर पुनः रेडियो सञ्चालनमा ल्याइने अध्यक्ष चौलागाईंको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण