कांग्रेस पूर्वसभापति देउवा हङकङ प्रस्थान
शनिबार, ०७ चैत २०८२, १८ : १५
२
सारांश
- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारपछि हङकङ प्रस्थान गरेका छन्।
- सिङ्गापुरमा नियमित उपचारपछि उनी थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रमका लागि हङकङ गएका हुन्।
- देउवा हङकङमा उपचार र कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम रहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन् ।
सिङ्गापुरमा नियमति उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन उनी हङकङ गएको सचिवालयले जनाएको छ।
हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम तय भएको समेत सचिवालयले जनाएकाे छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण