इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-'हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ'
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई हर्मुज जलडमरू खुला गर्न अल्टिमेटम दिएका छन्।
- ट्रम्पले ४८ घण्टाभित्र जलडमरू खुला नगरे इरानका विद्युत् गृह ध्वस्त पार्ने चेतावनी दिए।
- ट्रम्पले इरानले अवरोध सिर्जना गरेको भन्दै ऊर्जा पूर्वाधारलाई निशाना बनाउने बताए।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाको अल्टिमेटम दिँदै विश्वकै प्रमुख तेल पारवहन मार्ग हर्मुज जलडमरू पूर्ण रूपमा खुला गर्न चेतावनी दिएका छन्। यदि तोकिएको समयभित्र हर्मुज जलडमरू विनाकुनै अवरोध र धम्की खुला नगरिए इरानका विद्युत् गृहहरूमाथि आक्रमण गरी ध्वस्त पार्ने ट्रम्पको धम्की छ।
आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा एक पोस्ट गर्दै ट्रम्पले लेखेका छन्-'यदि इरानले अहिलेको ठ्याक्कै समयदेखि ४८ घण्टाभित्र होर्मुज जलसन्धिलाई विनाकुनै धम्की पूर्ण रूपमा खुला गरेन भने, संयुक्त राज्य अमेरिकाले उनीहरूका विभिन्न पावर प्लान्टहरूमा प्रहार गरी ती सबैलाई ध्वस्त पार्नेछ! र यसको सुरुवात सबैभन्दा ठुलो पावर प्लान्टबाट हुनेछ।'
विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने होर्मुज जलसन्धिमा इरानले अवरोध सिर्जना गरेको भन्दै ट्रम्प आक्रोशित भएका हुन्। उनले सिधा र स्पष्ट शब्दमा इरानको ऊर्जा पूर्वाधारलाई निशाना बनाउने बताएका छन्।
यसअघि पनि ट्रम्पले इरानको नेतृत्व र सैन्य शक्ति समाप्त भइसकेको दाबी गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
-
अल्जेरियाको शानदार पुनरागमन, जाेर्डनविरुद्ध २–१ को अग्रता
-
९ वर्षपछि फेरि पलेँटीमा गुन्जँदै गायक विधान श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण