विमानस्थलमा अध्यागमनका एजेन्ट तैनाथ गर्ने ट्रम्पको धम्की
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले सरकारी कामकाज बन्दको अवस्थामा विमानस्थलमा आप्रवासन अधिकारी परिचालन गर्ने चेतावनी दिएका छन्।
- बजेटमा सहमति नहुँदा टीएसएका कर्मचारीले तलब नपाउँदा विमानस्थलमा लामो लाइन र ढिलाइको समस्या बढेको छ।
- विमानस्थलमा आईसीई एजेन्ट पठाउने ट्रम्पको प्रस्तावको आलोचना भएको छ, र यसले थप तनाव सिर्जना गरेको छ।
वासिङ्टन डीसी । गृह सुरक्षा मन्त्रालयको कामकाज आंशिक रूप बन्द भएको अवस्था लम्बिँदै गरेको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशका विमानस्थलहरूमा आप्रवासन अधिकारी परिचालन गर्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सोमबारदेखि अध्यागमन तथा भन्सार कार्यान्वयन (आईसीई)का एजेन्टहरूलाई विमानस्थलमा पठाउन तयार रहन निर्देशन दिइसकेको बताएका छन् ।
यो चेतावनी पाँच हप्तादेखि जारी आंशिक सरकारी बन्दको सन्दर्भमा आएको हो, जसले गृह सुरक्षा मन्त्रालयअन्तर्गतका निकायहरूलाई प्रभावित पारेको छ । बजेटसम्बन्धी सहमति नहुँदा विशेषगरी परिवहन सुरक्षा प्रशासन (टीएसए)का हजारौँ कर्मचारीहरूले तलब नपाई काम गर्नुपरेको अवस्था छ, जसका कारण धेरै कर्मचारी बिरामी बिदा लिने वा जागिर छाड्ने अवस्थामा पुगेका छन् । यसले अमेरिकी विमानस्थलहरूमा लामो लाइन र ढिलाइको समस्या बढाएको छ ।
ट्रम्पले यस अवस्थाका लागि डेमोक्रेटहरूलाई दोष दिँदै छिट्टै सहमति नभए अध्यागनका एजेन्टहरूलाई विमानस्थल सुरक्षामा खटाइने बताएका छन् । ती एजेन्टहरूले अहिलेसम्म नदेखिएको सुरक्षा प्रदान गर्ने उनले भनेका छन् । गैरकानुनी रूपमा देशभित्र बसोबास गरिरहेका आप्रवासीहरूलाई तत्काल पक्राउ गर्न पनि उनले निर्देशन दिन सक्ने संकेत दिएका छन् । यसमा विशेषगरी सोमालियाबाट आएका व्यक्तिहरूलाई लक्षित गर्ने बताइएको छ ।
तर यस प्रस्तावको तीव्र आलोचना भइरहेको छ । आलोचकहरूले आईसीईका एजेन्टहरू विमानस्थल सुरक्षा जाँचका लागि प्रशिक्षित नभएको र यस्तो कदम कानुनी तथा मानवीय दृष्टिले विवादास्पद हुन सक्ने बताएका छन् । यसैबिच, बन्दका कारण उत्पन्न संकट समाधान गर्न कङ्ग्रेस र ह्वाइट हाउसबीच वार्ता जारी रहे पनि अहिलेसम्म ठोस सहमति हुन सकेको छैन । विमानस्थलमा बढ्दो अव्यवस्था र सुरक्षासम्बन्धी चिन्ताबिच ट्रम्पको यो चेतावनीले अमेरिकी राजनीति र सुरक्षा व्यवस्थामा थप तनाव सिर्जना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण