सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा आईजी एपीएफ कोमेन्डेशन प्रदान
सारांश
- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विभिन्न विधामा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरे।
- सम्मानित हुनेहरूमा प्रमुख जिल्ला अधिकारी, गायक दीपक लिम्बू र पर्वतारोही टासी लाक्पा शेर्पा रहेका छन्।
- समारोह सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा आयोजना गरिएको थियो, जसमा उच्च अधिकारीहरूको उपस्थिति थियो।
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई विभिन्न विधा र क्षेत्रबाट अनुकरणीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई आईजी एपीएफ कोमेन्डेशनबाट सुशोभित गरेका छन् ।
आइतबार आयोजित एक विशेष समारोहका बीच महानिरीक्षक अर्यालले २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा घोषित उक्त सम्मान प्रदान गरेका हुन् । सम्मानित हुनेहरूमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, चर्चित गायक दीपक लिम्बू र विख्यात पर्वतारोही टासी लाक्पा शेर्पा रहेका छन् ।
महानिरीक्षक अर्यालले सुशोभित हुने व्यक्तित्वहरूलाई हार्दिक बधाई दिँदै आगामी दिनमा समेत उनीहरूबाट मुलुक र संगठनका लागि यस्तै उत्कृष्ट योगदानको अपेक्षा गरिएको बताए ।
सम्मान ग्रहण गरेपछि गायक दीपक लिम्बूले संगठनप्रति हार्दिक आभार प्रकट गर्दै यसले आफूलाई थप उत्साहित बनाएको र खुशी लागेको बताए ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण