पश्चिम एसिया तनावले ६ वटा उडान रद्द
सोमबार, ०९ चैत २०८२, २० : १९
सारांश
- पश्चिम एसियाको हवाई क्षेत्रमा प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।
- आज विभिन्न वायुसेवा कम्पनीका ६ वटा उडानहरू रद्द भएका छन्, जसमा नेपाल एयरलाइन्सका उडानहरू पनि छन्।
- उडान रद्द हुँदा सयौँ यात्रुहरू समस्यामा परेका छन् र विमानस्थलले समन्वय गरिरहेको छ।
काठमाडौँ । पश्चिम एसिया तनावले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज विभिन्न वायुसेवा कम्पनीका ६ वटा उडानहरू रद्द भएका हुन्।
नेपाल एयरलाइन्स,हिमालयन एयरलाइन्स,कुवेत, दुबई, लगायत गन्तव्यका उडानहरू रद्द गरिएका हुन् । उडानहरू स्थगित हुँदा सयौँ यात्रुहरू समस्यामा परेका छन् ।
विमानस्थल कार्यालयले उडान अवरुद्ध भएपछि उत्पन्न हुन सक्ने यात्रुहरूको असुविधालाई ध्यानमा राख्दै व्यवस्थापन कार्यलाई सहज र प्रभावकारी बनाउन सम्बन्धित वायुसेवा कम्पनी तथा निकायहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। यसअघि पनि उडान रद्द भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण