आगजनीले क्षतिग्रस्त देउवाको बूढानीलकण्ठस्थित निवास भत्काउन सुरु
सारांश
- काठमाडौंको बूढानीलकण्ठमा रहेको देउवा निवास प्रदर्शनकारीले आगजनी गरेपछि भत्काउन थालिएको छ।
- आगजनीबाट क्षति पुगेको घर सुरक्षा र पुनर्निर्माणका लागि प्रयोग गर्न नमिल्ने भएपछि भत्काउन सुरु गरिएको हो।
- देउवाको घरमा आगजनी भएपछि नेपाली राजनीतिमा तरङ्ग आएको थियो र सुरक्षामाथि प्रश्न उठेको थियो।
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा रहेको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निजी निवास भत्काउन थालिएको छ। भाद्र २३ र २४ गते भएको 'जेनजी' प्रदर्शनका क्रममा आक्रोशित भिडले आगजनी गरेपछि पूर्ण रूपमा क्षति पुगेको उक्त घर अहिले धमाधम भत्काउने काम भइरहेको हो।

प्रदर्शनकारीको निशानामा परेको सो बंगलाको संरचना आगलागीका कारण क्षतविक्षत भएपछि सुरक्षा र पुनर्निर्माणका दृष्टिले प्रयोग गर्न नमिल्ने ठहर गर्दै भत्काउन सुरु गरिएको हो। कामदारहरूले घरका झ्याल, ढोका र छतका भागहरू उप्काइरहेको देख्न सकिन्छ।

त्यतिबेलाको प्रदर्शनमा सहभागीहरूले राजनीतिक नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै देउवाको घरको पर्खाल नाघेर भित्र पसी आगजनी गरेका थिए। सो घटनाले नेपाली राजनीतिमा ठुलो तरङ्ग ल्याएको थियो भने सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको थियो।














तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण