शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

मङ्गलबार, १० चैत २०८२, १२ : ००
मङ्गलबार, १० चैत २०८२

चितवन ।  जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत रु ५५ करोड भूक्तानी पाउन सकेका छैनन् । उनीहरुले बिगत ६ महिनादेखिको भूक्तानी पाउन नसकेका हुन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखिको दुधको भूक्तानी नपाउँदा किसान समस्यामा छन् । बजारको समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठूला दूध उद्योगले रकम भूक्तानी नगर्दा दुग्ध उत्पादक किसान समस्यामा परेका हुन् ।

उनले भने, “संस्थानको ६ महिनादेखि र अन्य उद्योगको तीन महिनादेखिको भूत्तानी बाँकी छ ।” साना उद्योगले नियमित भूक्तानी गर्ने गरेको भए पनि ठूला उद्योगको भूक्तानी बाँकी रहेको अध्यक्ष वगालेले जानकारी दिP . 

जिल्लामा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये ५० प्रतिशतभन्दा बढी दूध बिक्री गर्न जिल्ला बाहिर लैजाने गरिन्छ । यहाँका ११५ दुग्ध उत्पादक सहकारी सङ्घले दैनिक दूध सङ्कलन गरेर ठूला उद्योगलाई बिक्री वितरण गर्ने गरेका छन् । ती सहकारीले समयमा भूक्तानी नपाउँदा किसानलाई भूक्तानी गर्न कठिन भएको उनले जानकारी दिए । जिल्लामा ४० हजार किसानले दूग्ध उत्पादन गर्दै आएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप