चोटले सताएको कोलकातामा नवदीप सैनीको इन्ट्री, गुजरातमा पनि खेलाडी परिवर्तन
सारांश
- कोलकाता नाइट राइडर्स (केकेआर) ले घाइते हर्षित राणाको स्थानमा नवदीप सैनीलाई टिममा अनुबन्ध गरेको छ।
- सैनीलाई केकेआरले ७५ लाख भारतीय रुपैयाँमा टिममा भित्र्याएको हो, उनले भारतका लागि खेलिसकेका छन्।
- गुजरात टाइटन्सले घाइते पृथ्वी राज याराको स्थानमा कुलवन्त खेजरोलियालाई ३० लाखमा अनुबन्ध गरेको छ।
कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर) ले घाइते हर्षित राणाको स्थानमा तीव्र गतिका बलर नवदीप सैनीलाई टोलीमा अनुबन्ध गरेको छ। केकेआरले सैनीलाई ७५ लाख भारतीय रुपैयाँमा आफ्नो टोलीमा भित्र्याएको हो।
भारतका लागि २ टेस्ट, ८ एकदिवसीय र ११ टी-२० आई खेलिसकेका सैनी सन् २०२१ देखि राष्ट्रिय टोली बाहिर रहँदै आएका थिए। आईपीएलमा यसअघि रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयल्सबाट खेलिसकेका उनले ३२ खेलमा २३ विकेट लिएका छन्।
लामो समयपछि आईपीएलमा फर्कने अवसर पाएका सैनीले यसलाई आफ्नो खेल जीवनको पुनर्जन्मको रूपमा व्याख्या गरेका छन्। विगत दुई–तीन वर्षमा धेरै उतारचढाव भोगे पनि कडा परिश्रम गर्न नछाडेकाले नै फेरि मैदानमा फर्कने मौका पाएको उनले बताएका छन्।
केकेआरले यसअघि सोमबार मात्रै घाइते आकाश दीपको स्थानमा सौरभ दुबेलाई टोलीमा सामेल गरिसकेको छ।
उता गुजरात टाइटन्स (जिटी) ले पनि आफ्नो टोलीमा परिवर्तन गरेको छ। गुजरातले घाइते बायाँ हाते तीव्र गतिका बलर पृथ्वी राज याराको स्थानमा कुलवन्त खेजरोलियालाई ३० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ। खेजरोलिया गत सिजन पनि गुजरातकै टोलीमा थिए। उनले यसअघि बेंगलोर र कोलकाताबाट पनि आईपीएल खेलिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारे रोपाइँ महोत्सव–२०८३ आयोजना गरिने
-
कास्कीको अन्नपूर्ण : १७ करोड विकास बजेट, साढे ११ करोड सडकमै
-
निर्वाचनअघि हलभित्रै छमछमी नाच्दै मन्त्रीदेखि पदाधिकारीसम्म, तस्बिरहरू
-
१० करोडले बढ्यो मनहरीको बजेट
-
हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार
-
एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भेटिएपछि बसेरा बुटिक होटललाई २ लाख जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण