पर्यटकीय राजधानी पोखरालाई पर्यटन मन्त्री
शुक्रबार, १३ चैत २०८२, ११ : २४
सारांश
- पोखराले पर्यटनमन्त्री पाएको छ, खडकराज पौडेल (गनेस) पर्यटनमन्त्रीमा नियुक्त भएका छन्।
- उनी कास्की १ बाट प्रत्यक्षतर्फ विजयी भएका हुन् र लेखक तथा पठन संस्कृतिका प्रवर्द्धक पनि हुन्।
- यसअघि, उनी पोखराको मेयरमा पराजित भएका थिए र बालेनको सरकारमा पर्यटनमन्त्री बनेका छन्।
पोखरा । पर्यटकीय राजधानी पोखराले पर्यटनमन्त्री पाएको छ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा उनकै निकट खडकराज पौडेल (गनेस) पर्यटनमन्त्रीमा पक्का भएका हुन् । उनी कास्की १ बाट प्रत्यक्षतर्फ विजयी भएका हुन् ।
साहित्यिक वृत्तमा परिचित उनी लेखकसँगै पोखरामा पठन संस्कृतिका प्रवर्द्धक समेत हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आडैमा घर भएका पौडेल २०७९ को स्थानीय निर्वाचनमा पोखराको मेयरमा पराजित भएका थिए ।
स्थानीय तहको निर्वाचन निर्दलीय बनाउनुपर्ने एजेन्डासहित होमिएका उनी बालेनले जस्तै लौरो चुनाव चिन्ह लिएर चुनावमा उठेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण