बालेन क्याबिनेटमा गण्डकीलाई शक्तिशाली तीन मन्त्रालय
सारांश
- गण्डकी प्रदेशले गृह, अर्थ र पर्यटन मन्त्रालयको जिम्मेवारी पाएको छ।
- सुदन गुरुङ गृहमन्त्री, डा. स्वर्णिम वाग्ले अर्थमन्त्री र खडकराज पौडेल पर्यटनमन्त्री बनेका छन्।
- पोखराले ६ वर्षपछि पर्यटन मन्त्रालय पाएको छ, तर रवि पक्ष क्याबिनेटमा कमजोर देखिएको छ।
पोखरा । विगतका केही चुनावयता गण्डकीले राजनीतिक पहुँच गुमाउँदै गएको थियो । खासगरी २०६४ यता गण्डकीले केन्द्रमा पहुँच देखाउन सकेको थिएन । त्यसो त, गोरखा २ बाट निर्वाचित २ जना प्रधानमन्त्री बने । तर समग्र प्रदेशले प्रभाव जमाउन सकेन । अहिले पनि धेरैले गण्डकीको राजनीतिक पहुँच खस्किएको आकलन गरिरहेका थिए ।
अहिले भने गण्डकीले ३ महत्त्वपूर्ण र शक्तिशाली मन्त्रालयको जिम्मा पाएको छ । शक्तिशाली गृह मन्त्रालय, अर्थ मन्त्रालय र पर्यटन मन्त्रालय गण्डकीले पाएको हो । गोरखा–१ बाट निर्वाचित सांसद सुदन गुरुङ गृहमन्त्रीमा पक्का भएका छन् । तनहुँ–१ बाट निर्वाचित गोरखाका डा.स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् ।
पोखराले ६ वर्षपछि पर्यटन मन्त्री पनि पाएको छ । २०७४ मा निर्वाचित कास्की–२ का रवीन्द्र अधिकारी पर्यटनमन्त्री नियुक्त भएका थिए । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएपछि पोखराले पर्यटन पाएको थिएन । अहिले पुनः पर्यटनको जिम्मा पोखराले पाएको छ । कास्की१ बाट निर्वाचित खडकराज पौडेल (गनेस) पर्यटनमन्त्री बनेका हुन् ।
गण्डकीका १८ निर्वाचन क्षेत्रमध्ये बहुमत जितेको रवि पक्ष क्याबिनेटमा गण्डकीबाट कमजोर देखिएको छ । २ मन्त्रालय बालेन पक्षबाट बाँडफाँट हुँदा छुट्टै गुट जन्माएका स्वर्णिम अर्थमन्त्री बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण