अपडेट
गृहमन्त्री–आईजीपी भेट लगत्तै प्रहरी प्रधान कार्यालय ‘हाई अलर्ट’मा, जवानदेखि एसएसपीसम्मलाई ‘स्ट्यान्डबाई’
शुक्रबार, १३ चैत २०८२, २२ : ४१
सारांश
- नवनियुक्त गृहमन्त्रीले सुरक्षा प्रमुखहरूसँग छलफल गरेपछि प्रहरीलाई उच्च तयारी अवस्थामा रहन निर्देशन दिइयो।
- प्रहरी प्रधान कार्यालयले प्रहरी जवानदेखि एसएसपीसम्मलाई बिहान ७ बजेदेखि तयारी अवस्थामा रहन सर्कुलर जारी गरेको छ।
- गृहमन्त्रीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरूसँग छलफल गरेका थिए, र मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्यो।
काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग छलफल गरे लगत्तै नेपाल प्रहरी प्रधान कार्यालयले आफ्ना सबै प्रहरी कर्मचारीलाई उच्च तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
उच्च स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी जवानदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई बर्दीमा ‘स्ट्यान्डबाई’ बस्न आन्तरिक सर्कुलर जारी गरेको हो । स्रोतका अनुसार, सबैलाई बिहान ७ बजेदेखि नै तयारी अवस्थामा रहन भनिएको छ ।
पदभार समाले लगत्तै आज (शुक्रबार) साँझ गृहमन्त्री गुरुङले नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग करिब डेढ घण्टा लामो छलफल गरेका थिए ।
आजै बसेको नवगठित मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण