ओली र लेखकको पक्राउप्रति तरुण दलको आपत्ति, निर्णय सच्याउन सरकारलाई चेतावनी
सारांश
- नेपाल तरुण दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको भर्त्सना गरेको छ।
- तरुण दलले पक्राउलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहको संज्ञा दिँदै सरकारलाई निर्णय पुनर्विचार गर्न चेतावनी दिएको छ।
- दलले देशलाई अस्थिरतातर्फ लैजाने गतिविधि विरुद्ध सशक्त विरोध गर्ने र विधिको शासनको पक्षमा उभिने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । नेपाल तरुण दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउप्रति भर्त्सना गरेको छ। तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त पक्राउलाई 'राजनीतिक प्रतिशोध र पूर्वाग्रह'को पराकाष्ठा भएको आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ, 'यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमहरूले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गर्नुका साथै देशलाई अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गराएको छ।'
तरुण दलले वर्तमान सरकारलाई आफ्ना निर्णयहरू पुनर्विचार गर्न र विधिको प्रक्रियाअनुरूप पारदर्शी तथा निष्पक्ष ढङ्गले अघि बढ्न चेतावनी दिएको छ। साथै, राजनीतिक सहिष्णुता कायम राख्न र देशको स्थायित्वका लागि गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, 'देशको स्थायित्व, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्नु सबै पक्षको साझा दायित्व हो। शान्ति, स्थिरता र समृद्धिको मार्गमा अघि बढ्न सम्पूर्ण राजनीतिक सक्तीहरूबिच सहकार्य र संवाद आवश्यक छ।'
तरुण दलले राष्ट्रलाई अस्थिरतातर्फ लैजाने कुनै पनि गतिविधिको सशक्त विरोध गर्ने प्रतिबद्धता व्यक्त गर्दै विधिको शासनको पक्षमा आफू सधैँ उभिने स्पष्ट पारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित १० जना पक्राउ
-
रास्वपा प्रतिनिधिलाई वितरण गरिएको झोलाभित्र के छ ?
-
रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यमा निवर्तमान महामन्त्री बुर्लाकोटीको उम्मेदवारी, गृहमन्त्री गुरुङ प्रस्तावक
-
तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह
-
‘आई एम ब्याक !’ आलोचकलाई रोनाल्डोको सानदार जवाफ
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण