बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता
रमेश लेखकपत्नी यशोदाले दिइन् सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट
आइतबार, १५ चैत २०८२, १६ : १२
सारांश
- पूर्व गृहमन्त्री रमेश लेखकलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नीले सर्वोच्चमा रिट दायर गरिन्।
- लेखकसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रहरीले पक्राउ गरेको थियो।
- ओली र लेखकलाई जेनजी आन्दोलनमा दमन गरेको आरोप लागेको छ।
काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी यशोदा लेखकले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन् ।
उनको रिट दर्ताको प्रक्रियामा रहेको छ ।
लेखकसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए । ओली रिहाइको माग गर्दै पनि बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण