ओली रिहाइको माग गर्दै नवलपरासी एमालेले बुझायो विरोध पत्र
बुटवल । नेकपा एमाले पश्चिम नवलपरासीले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति असन्तुष्टि जनाउँदै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई विरोध पत्र बुझाएको छ ।
एमाले जिल्ला कमिटी नवलपरासीको आयोजनामा जिल्ला पार्टी कार्यालय परासीमा भेला भएका एमाले कार्यकर्ताहरूले र्यालीसहित सरकारविरुद्ध नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउँदै ओलीलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् ।
भदौ २३ र २४ को जेनजी प्रदर्शनको घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई शनिवार प्रहरीले पक्राउ गरेको थियो । पार्टी अध्यक्ष ओलीलाई सरकारले प्रतिशोधपूर्ण र गैरकानुनी तरिकाले पक्राउ गरेकोले विरोध गर्नुपरेको एमाले जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारीले बताए ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सरिता खनालले सरकारले दुई तिहाइको दम्भमा प्रतिशोध साध्ने काम गरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण