शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

मङ्गलबार, १७ चैत २०८२, ०८ : १४
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • जेनजी आन्दोलनको समयमा काठमाडौंका सिडिओ छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ।
  • उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।
  • बानेश्वरमा किशोरहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको आरोपमा रिजालको आलोचना भएको छ।

काठमाडौं । जेनजी आन्दोलन हुँदा काठमाडौँको सिडीओ रहेका छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सुविधानगरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । भदौ २३ र २४ मा प्रदर्शन हुँदा उनी काठमाडौँको प्रमुख जिल्ला अधिकारी थिए ।

बानेश्वरमा किशोरहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको तीव्र आलोचना भइरहेको छ । तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगमा रिजालले आफुले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नगरेको बयान दिएका छन् । कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप