चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन
रसुवा । चट्याङका कारण अवरुद्ध बनेको यहाँको विद्युत् सेवा पुनः सुचारु भएको छ । गत शनिबार अपराह्न परेको चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा जडान गरिएका ‘ट्रान्सफर्मर’ उपकरणमा क्षति पुगेको थियो ।
क्षति भएका उपकरण तत्काल प्रतिस्थापन गरी सेवा पुनः सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरण शाखाले जनाएको छ । प्राधिकरणका प्राविधिक प्रमुख कुमार घलेका अनुसार चट्याङबाट चारवटा ट्रान्सफर्मर क्षति पुर्याएको थियो । मौज्दात नयाँ ट्रान्सफर्मर जडान गरेपछि विद्युत् आपूर्ति सुरु गरिएको हो ।
चट्याङबाट उत्तरगया गाउँपालिकाको माझगाउँ, गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चेको साप्चे, आमा छोदिङ्मो गाउँपालिकाको बहुङडाँडा गोल्जुङ र पुरानो तातोपानी क्षेत्रका ट्रान्सफर्मरमा क्षति पुगेको थियो ।ट्रान्सफर्मरमा क्षति पुग्दा धुन्चेमा समेत विद्युत सेवामा समस्या देखिएको थियो ।
जिल्लामा विद्युत् उपभोग गर्ने करिब १० हजार ६०० ग्राहक रहेको प्राधिकरणले जनाएको छ । ट्रान्सफर्मर मरमत गर्न तत्काल कर्मचारी परिचालन गरिएको शाखा प्रमुख गुञ्जमान तामाङले जानकारी दिए । एकैपटक जिल्लाभर समस्या उत्पन्न हुँदा सबै स्थानमा एकसाथ प्राविधिक पुर्याउन चुनौती भएको उनको भनाइ छ ।
जिल्ला विद्युत् उत्पादनको हब भए पनि निरन्तर विद्युत् आपूर्ति हुनसकेको छैन । समयसमयमा बत्ती निभ्ने पुरानो रोग अझै पनि विद्यामान छ । टिमुरे, रसुवागढी, खैदी तथा थुमन क्षेत्रको विद्युत् सेवाका प्रसारण लाइन भने रसुवागढी जलविद्युत् आयोजनामार्फत विस्तार गरिएको हो ।
प्राधिकरणले आपत्कालीन अवस्थाका लागि आवश्यक उपकरण मौज्दात राखिएको जनाएको छ । विपद्का बेला विद्युत् सेवा छिटो पुनः सञ्चालन गर्ने तयारी सधैँ राखिएको शाखा प्रमुख तामाङले बताए । जिल्लामा मासिक करिब डेढ करोड रुपैयाँबराबर विद्युत् महसुल सङ्कलन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण