शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युद्धअघि हेगसेथको ब्रोकरले ‘ठुलो लगानी’ गर्न खोजेको खबरको पेन्टागनद्वारा खन्डन

मङ्गलबार, १७ चैत २०८२, १० : ३०
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • पेन्टागनले रक्षामन्त्री पिट हेग्सेथसँग सम्बन्धित लगानीको समाचारलाई अस्वीकार गरेको छ।
  • फाइनान्सियल टाइम्सको रिपोर्टमा हेग्सेथका ब्रोकरले इरान युद्धअघि लगानी खोजेको उल्लेख थियो।
  • पेन्टागन प्रवक्ताले उक्त दाबीलाई निराधार भन्दै समाचार सच्याउन आग्रह गरेका छन्।

वासिङ्टन डीसी । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रक्षामन्त्री पिट हेग्सेसँग सम्बन्धित एक ‘ठुलो लगानी’ प्रयाससम्बन्धी समाचारलाई कडा शब्दमा अस्वीकार गरेको छ । 

फाइनान्सियल टाइम्सले प्रकाशित गरेको रिपोर्टमा हेग्सेथका एक ब्रोकरले इरान युद्ध सुरु हुनु अघिका हप्ताहरूमा सैन्यसम्बन्धी कम्पनीहरूमा ठुलो लगानी गर्न खोजेको दाबी गरिएको थियो । तर पेन्टागनका प्रमुख प्रवक्ता सिन पार्नेलले उक्त दाबी पूर्ण रूपमा निराधार रहेको बताएका छन् ।

‘न त मन्त्री हेग्सेथ स्वयं, न त उनका कुनै प्रतिनिधिले यस्तो लगानीका लागि ब्ल्याकरकसँग सम्पर्क गरेका छन्,’ पार्नेलले बताए । उनले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया जनाउँदै उक्त खबरलाई आधारहीन र भ्रामक भन्दै तुरुन्त सच्याउन माग गरेका छन् । 

सोमबार प्रकाशित उक्त समाचारमा अज्ञात स्रोतलाई उद्धृत गर्दै इरान युद्धअघि हेग्सेथको ब्रोकरले ठुलो लगानी गर्ने प्रयास गरेको भनेको थियो । हेग्सेथ इरानविरुद्धको युद्धमा प्रमुख भूमिकामा छन् । नियमित रूपमा पत्रकार सम्मेलनमार्फत उनले आक्रमणको समर्थन गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप