शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण लेबनानमा चार इजरायली सेना मारिए

मङ्गलबार, १७ चैत २०८२, ११ : २५
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • दक्षिणी लेबनानमा भएको भिडन्तमा चार इजरायली सैनिकको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा क्याप्टेन नोआम म्याडमोनी, स्टाफ सर्जेन्ट बेन कोहेन र म्याक्सिम एन्टिस रहेका छन् ।
  • घटनामा दुई जना घाइते भएका छन्, जसमा एक जना गम्भीर अवस्थामा छन् ।

बेरुत । दक्षिणी लेबनानमा भएको भिडन्तमा चार जना इजरायली सैनिकको मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ)ले जनाएको छ ।

 आईडीएफले टेलिग्राममार्फत सार्वजनिक गरेको विवरणअनुसार २२ वर्षिय क्याप्टेन नोआम म्याडमोनी, २१ वर्षिय स्टाफ सर्जेन्ट बेन कोहेन र र २२  वर्षिय स्टाफ सर्जेन्ट म्याक्सिम एन्टिसको लडाइँका क्रममा मृत्यु भएको हो ।

आईडीएफका अनुसार सोही घटनामा चौथो सैनिकको पनि मृत्यु भएको छ । तर उनको नाम सार्वजनिक गर्न बाँकी रहेको बताइएको छ । यसै घटनामा दुई जना घाइते भएका छन् । 

जसमा एक सैनिक गम्भीर अवस्थामा रहेका छन भने एक रिजर्भ सैनिक पनि घाइते भएको बताइएको छ । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप