बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित

मङ्गलबार, १७ चैत २०८२, २२ : ०८
मङ्गलबार, १७ चैत २०८२

काठमाडौँ । एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल लाओससँग पराजित भएको छ ।

लाओसको नेसनल रङ्गशालामा आज भएको खेलमा नेपाल १–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो ‘हाफ’सम्म प्रतिरक्षा गरिरहेको नेपालले दोस्रो ‘हाफ’मा गोल खायो । लाओसका कप्तान बोउनफचान बोन्कोंगले खेलको ४८ औँ मिनेटमा गोल गरेका थिए ।

नेपालले गोल फर्काउन निकै प्रयास गरे पनि अन्ततः हार बेहोर्नुप¥यो । नेपाल एसियन कप छनोटबाट यसअघि नै बाहिरिसकेको थियो । समूह ‘एफ’मा नेपालले छ खेलबाट तीन अङ्क मात्र जोडेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप