गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि
सिरहा । गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगितामा कोशी, मधेस र बागमती प्रदेशका गरी आठ क्लबले सहभागिता जनाउने छन् । आयोजकका अनुसार सिरहाबाट गोलबजार युनाइटेड क्लब, गोलबजार स्पोर्टस् क्लब र सल्हेश युवा क्लब सहभागी छन् भने अन्य टोलीहरूमा राष्ट्रिय जागृति क्लब इटहरी, लालीगुराँस स्पोर्टस् क्लब विराटनगर, ब्रदरहुड फुटबल क्लब उदयपुर, चात्या सा फुटबल क्लब दमक र हेटौँडा फुटबल एकेडेमी रहेका छन् ।
नगरप्रमुख श्यामकुमार श्रेष्ठले स्थानीय खेलकुदको विकासका लागि प्रतियोगिता निरन्तर आयोजना हुँदै आएको बताए उनका अनुसार, नगरबाट प्रतियोगिताका लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ । प्रतियोगिताको विजेताले रु चार लाख ४४ हजार ४४४ र उपविजेताले रु दुई लाख २२ हजार २२२ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक र प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पुरस्कार प्रदान गरिनेछ । सम्पूर्ण खेल गोलबजार नगरपालिका–२ स्थित गुरुधामको एकीकृत खेलग्राममा सञ्चालन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण