आईपीएलः समीर रिजवीको उत्कृष्ट प्रदर्शनमा लखनउलाई हराउँदै दिल्लीले खोल्यो जितको खाता
सारांश
- दिल्ली क्यापिटल्सले आईपीएलमा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्दै सिजनको पहिलो जित हासिल गर्यो।
- लखनउले दिएको १४२ रनको लक्ष्य दिल्लीले १७.१ ओभरमा पूरा गर्यो, जसमा समीर रिजवीको अविजित ७० रन महत्वपूर्ण रह्यो।
- बलिङतर्फ दिल्लीका लुंगी एनगिडी र टी. नटराजनले समान ३-३ विकेट लिए, भने लखनउका अब्दुल सामदले सर्वाधिक ३६ रन बनाए।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले सिजनको पहिलो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्दै जितको खाता खोलेको हो ।
लखनउले दिएको १४२ रनको सामान्य लक्ष्य दिल्लीले १७ बल बाँकी रहँदै १७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा समीर रिजवीले अविजित रहँदै सर्वाधिक ७० रनको उत्कृष्ट पारी खेले । उनले ४७ बलको सामना गरे । उनलाई ट्रिस्टन स्टब्सले ३२ बलमा अविजित ३९ रन बनाउँदै साथ दिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लखनउ १८.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनमा समेटिएको थियो । लखनउका लागि अब्दुल सामदले सर्वाधिक ३६ तथा मिचेल मार्शले ३५ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
बलिङतर्फ दिल्लीका लागि लुंगी एनगिडी र टी. नटराजनले समान ३–३ विकेट लिए भने कुलदीप यादवले २ विकेट हात पारे । लखनउका प्रिन्स यादवले २ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी
-
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
-
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : अध्यक्ष मगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण