खैरो हेरोइन र ६ लाख ५० हजार नगदसहित एक जना पक्राउ
शुक्रबार, २० चैत २०८२, १५ : ३७
सारांश
- लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँको तारकेश्वरबाट खैरो हेरोइन र नगदसहित एक युवकलाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा नुवाकोट घर भएका २८ वर्षीय उमेश राई रहेका छन् ।
- प्रहरीले बरामद गरेको ९८ ग्राम ७१० मिलिग्राम खैरो हेरोइन र नगद सहित उनीमाथि अनुसन्धान भइरहेको छ ।
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँको तारकेश्वर नगरपालिका–८ बाट खैरो हेरोइन र नगदसहित एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ घर भएका २८ वर्षीय उमेश राई छन् ।
बिहीबार पक्राउ परेका आरोपीको डेराबाट ९८ ग्राम ७१० मिलिग्राम खैरो हेरोइन र ६ लाख ५० हजार बरामद गरिएको ब्यूरोका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए ।
उनी तारकेश्वरमा बस्दै आएका थिए । उनी विरुद्ध प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेकाे छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण