म घाइते छु, त्यसैले घातक छुः आफ्नै पार्टीको आरोपमाथि राघव चड्ढाको प्रतिवाद
नयाँ दिल्ली । आम आदमी पार्टी (आप) का राज्य सभा सांसद राघव चड्ढाले पार्टीले आफूमाथि लगाएका गम्भीर आरोपहरूको प्रतिवाद गरेका छन्। शनिबार एक भिडियो जारी गर्दै चड्ढाले आफूविरुद्ध नियोजित र स्क्रिप्टेड प्रचारबाजी भइरहेको दाबी गरेका हुन् ।
उनले पार्टीले लगाएका तीनवटा मुख्य आरोपलाई सेतो झूटको संज्ञा दिँदै ती आरोपहरू आफूलाई संसदमा बोल्न नदिने षड्यन्त्र मात्र भएको बताएका छन्।
पार्टीले चड्ढामाथि विपक्षी दलहरूले सदन बहिष्कार गर्दा पनि उनी आफैँ सिटमा बसिरहने गरेको पहिलो आरोप लगाएको थियो। यसको जवाफमा उनले संसदका हरेक कुनामा सीसीटीभी क्यामेरा रहेको स्मरण गराउँदै आफूले विपक्षीको साथ नदिएको एउटा मात्र फुटेज देखाउन चुनौती दिएका छन्।
त्यस्तै, मुख्य निर्वाचन आयुक्तलाई हटाउने याचिकामा हस्ताक्षर गर्न अस्वीकार गरेको दोस्रो आरोपबारे स्पष्ट पार्दै उनले पार्टीका कुनै पनि नेताले आफूलाई यस्तो प्रस्तावमा हस्ताक्षर गर्न नभनेको खुलासा गरे। उनले राज्यसभाका १० मध्ये ६–७ जना आफ्नै सांसदले सो प्रस्तावमा हस्ताक्षर नगरेको अवस्थामा आफूलाई मात्र निसाना बनाउनु पूर्वाग्रह भएको जिकिर गरे।
संसदमा बेकारका मुद्दा उठाएको र डराएको भन्ने तेस्रो आरोपमाथि चड्ढाले कडा प्रहार गरेका छन्। आफू संसदमा चिच्याउन, गालीगलौज गर्न वा माइक तोड्न नगई जनताका वास्तविक मुद्दा उठाउन गएको उनको तर्क छ।
उनले जीएसटी, आयकर, पञ्जाबको पानी र दिल्लीको वायु प्रदूषणजस्ता गम्भीर विषयमा आवाज उठाएको दाबी गरे। भिडियोको अन्त्यमा उनले आफूविरुद्ध झूटो आरोप लगाउनेहरूलाई चेतावनी दिँदै भनेका छन्, ‘अहिले म घाइते छु, त्यसैले घातक छु, हरेक झूटको पर्दाफास गरिनेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण