सेवा प्रवाहमा हुने अनियमितता र दुर्व्यवहार मन्त्रालयमा निषेध
सारांश
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सेवा प्रवाहमा हुने अनियमितता र दुर्व्यवहारलाई कडाइका साथ निषेध गर्ने भएको छ।
- मन्त्रालयले विभेद, गैरकानुनी शुल्क र बिचौलियाको संलग्नतालाई पूर्ण रूपमा निषेध गर्दै सेवालाई थप प्रभावकारी बनाउने जनाएको छ।
- सेवा लिने क्रममा कुनै समस्या भएमा उजुरी दिन र दोषीलाई कानुनी कारबाही गरिने प्रतिबद्धता मन्त्रालयले व्यक्त गरेको छ।
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सबै प्रकारका अनियमितता र दुर्व्यवहारमा कडाइका साथ निषेध गर्ने भएको छ ।
मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना सेवा थप संवेदनशील, सहज र प्रभावकारी बनाउन सेवा प्रवाहमा हुने यस्ता अनियमिततामा कडाइका साथ निषेध गर्ने चेतावनी दिएको हो ।
सेवा प्रवाहका क्रममा हुने विभेद, गैरकानुनी शुल्क असुली र बिचौलियाको संलग्नतालाई पूर्ण रूपमा निषेध गरिएको जनाएको छ।
मन्त्रालयका अनुसार विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र कमजोर अवस्थाका समुदायलाई अपमानित, असुरक्षित वा असहज बनाउने कार्यलाई कडाइका साथ नियन्त्रण गरिनेछ ।
राज्यको प्रमुख दायित्व प्रत्येक नागरिकको गरिमा र सुरक्षा सुनिश्चित गर्नु रहेको भन्दै मन्त्रालयले सेवाग्राहीलाई कुनै पनि प्रकारको अन्याय भोग्न नपरोस् भन्नेमा आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरेको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि कुनै पनि नागरिकले सेवा लिने क्रममा दुर्व्यवहार, उपेक्षा वा अनियमितता भोगेको पाइएमा सम्बन्धित निकायमा लिखित वा मौखिक उजुरी दिन अनुरोध गरिन्छ। प्राप्त गुनासाहरूलाई गम्भीरतापूर्वक लिई आवश्यक छानबिन र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ।’
समावेशी, सुरक्षित र मर्यादित समाज निर्माणका लागि सबैको सहयोग अनिवार्य रहेको उल्लेख गर्दै मन्त्रालयले यस अभियानमा साथ दिन सम्पूर्ण नागरिक, सरोकारवाला निकाय र सेवा प्रदायकहरूलाई आह्वान समेत गरेको छ । मन्त्रालयले आफ्नो सेवा प्रवाहलाई पारदर्शी र पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण