शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झण्डै २८ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णयमा के छ हर्क साम्पाङकाे प्रतिक्रिया ?

आइतबार, २२ चैत २०८२, २१ : ०७
आइतबार, २२ चैत २०८२

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले लिने २८ अर्ब ऋणको प्रयोजन स्पष्ट पार्नुपर्ने माग राख्नुभएको छ।
  • उनले ऋणसम्बन्धी हरेक निर्णय सदनबाट अनुमोदन हुनुपर्ने र सरकारले खर्चको विस्तृत विवरण पेस गर्नुपर्ने बताएका छन्।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले झण्डै २८ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णयमा धारणा सार्वजनिक गरेका छन्।

उनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा भिडियो पाेष्ट गर्दै स्वीकार गरिएको ऋणको प्रयोजन खुलाइनुपर्ने बताए । उनले भने,‘ नेपाल सरकारले मैले बहुमत ल्याएँ भनेर यसरी चार पाँच जना मन्त्रीहरू मिलेर खुसीखुसी गर्ने हो भने देश राम्रो तरिकाले देश चल्दैन । सरकार त्यसरी चल्नु हुँदैन । हरेक कुरा सदनबाट अनुमोदन गरिनुपर्दछ ।’

‘सार्वभौम जनताको सदनमा स्वीकार गरिएको ऋण किन लिने ? के का लागि लिने,के–के शीर्षकमा कसरी र कहिलेसम्म खर्च हुने हो ? ब्रेक डाउनसहित सरकार सदनमा आउनुपर्छ, अर्थमन्त्री ज्यू आउनुहोला । अन्यथा मान्य हुनेछैन,’उनले भने ।

आफूखुसी लिइएको ऋणलाई देशको लागि लिइएको नमानिने समेत उनले बताए । विदेशी ऋण लिन नहुने मान्यता आफूहरूको रहेको समेत उनले बताए । 

अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एसियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिनेछ । त्यस्तै, दीगो र समावेशी वित्त परियोजनाका लागि कुल ९५ मिलियन डलरको सहुलियतपूर्ण ऋण सुविधा समेत स्वीकार गर्ने सरकारको निर्णय छ ।

हालको विनिमयदर अनुसार सबै ऋण सहयोगको कुल रकम २८ अर्ब नेपाली रुपैयाँ बराबर हुन्छ ।

छुटाउनुभयाे कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप