मन्त्रिपरिषद् बैठक निर्णय
झण्डै २८ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय
आइतबार, २२ चैत २०८२, १४ : ३३
सारांश
- सरकारले दुईवटा परियोजनाका लागि झण्डै २८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
- डिजिटल नेपाल ट्रान्सफरमेसन र दीगो एवं समावेशी वित्त परियोजनाका लागि एशियाली विकास बैंक तथा विश्व बैंकबाट ऋण लिइने भएको छ।
काठमाडौं । सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा स्वीकार गरेको छ । दुई परियोजनाका लागि मन्त्रिपरिषद् बैठकले यस्तो सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय लिएको हो ।
अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिनेछ । त्यस्तै, दीगो र समावेशी वित्त परियोजनाका लागि कुल ९५ मिलियन डलरको सहुलियतपूर्ण ऋण सुविधा समेत स्वीकार गर्ने सरकारको निर्णय छ ।
हालको विनिमयदर अनुसार सबै ऋण सहयोगको कुल रकम २८ अर्ब नेपाली रुपैयाँ बराबर हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण