बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भक्तपुर प्रहरीद्वारा ‘स्वीप अप्रेसन’, एकैदिन ३० जना पक्राउ

सोमबार, २३ चैत २०८२, ०० : ४८
सोमबार, २३ चैत २०८२

सारांश

  • भक्तपुर प्रहरीले स्वीप अप्रेसन चलाएर एकै दिन ३० जनालाई पक्राउ गर्‍यो।
  • पक्राउ परेका व्यक्तिहरूलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरियो।

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेसनमा आइतबार ३० जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

प्रहरी परिसर प्रमुख सूर्यबहादुर खड्काले भने, “स्वीप अप्रेसनमा आइतबार ३० जना पक्राउ गर्‍यौँ, हिजो ६० जना पक्राउ गरेका थियौँ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेका छौँ ।”

उनले विभिन्न घट्नमा संलग्न रहेको आधारमा धेरै व्यक्ति पक्राउ गरेको जानकारी दिँदै स्वीप अप्रेसन जारी राखेको बताए । सार्वजनिकस्थलमा शान्ति सुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शङ्कास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्ने जस्ता गतिविधि गर्नेलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप