आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्कैको डिजाइनमा बनेको सरकारलाई प्रचण्ड–माधवले आफूले बनाएको दाबी गरे : झलनाथ खनाल

सोमबार, २३ चैत २०८२, १८ : ०७
सोमबार, २३ चैत २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री झलनाथ खनालले जेनजी आन्दोलनपछिको अन्तरिम सरकार अर्कैको डिजाइनमा बनेको दाबी गरेका छन्।
  • प्रचण्ड र माधव नेपालले आफ्नै पहलमा सरकार बनाएको भनी गरेको दाबीप्रति खनालले असहमति जनाएका छन्।

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले जेनजी आन्दोलनपछिको अन्तरिम सरकार अर्कैले डिजाइनमा बनेको दाबी गरेका छन् । 

सोमबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय संयोजन समितिको बैठकमा खनालले पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार डिजाइन अनुसार बनेको आरोप लगाएका हुन् । संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधव कुमार नेपालले रातभरि बसेर आफ्नै पहलमा सरकार गठन भएको दाबीप्रति उनले असहमति जनाएको एक नेताले बताए ।

‘वरिष्ठ नेता झलनाथजीले लम्बेतान भाषण गर्नुभएको थियो । बैठकमा इतिहासदेखि अहिलेसम्म भएका घटनाक्रमबारे धारणा राख्नुभयो । जेनजी विद्रोहपछि सरकार बनाउन प्रचण्ड र माधवजीले आफ्नै अग्रसरतामा बनाएको भन्नुभयो’, ती नेताले, रातोपाटीसँग भने, ‘तर त्यो सरकार उहाँहरूले बताएको थिएन । त्यो अर्कैको डिजाइनमा बनेको सरकार थियो । कुन उद्देश्यका लागि कसले सरकार बनायो भनेर पत्तै पाउनुभएन भन्नुभएको थियो ।’

चैत १९ संयोजक प्रचण्डले चुनावी समीक्षा सम्बन्धी १० पृष्ठको प्रतिवेदन बैठकमा पेस गरेका थिए । सोही प्रस्तावमाथि सोमबारबाट नेताहरूले आ–आफ्ना धारणा राखेका छन् । आज १३ जनाले लिखित र मौखिक सुझाव दिएका छन् । खनाल सहित वामदेव गौतम, जगन्नाथ खतिवडा, राजेन्द्र श्रेष्ठ लगायत नेताहरू लिखित सुझाव दिएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप