राष्ट्र बैंकको नयाँ डेपुटी गभर्नरमा नियुक्त किरण पण्डित को हुन् ?
काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई आगामी पाँच वर्षको कार्यकालका लागि उक्त पदमा नियुक्त गरेको हो ।
गत फागुन २४ गते तत्कालीन डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना र बमबहादुर मिश्रको कार्यकाल सकिएसँगै राष्ट्र बैंकमा दुई विशिष्ट पद रिक्त थियो । त्यसमध्ये आज एउटा पदमा मात्रै नियुक्त गरिएको छ ।
नेपाल राष्ट्र बैंक ऐनमा भएको व्यवस्थाबमोजिम गभर्नर डा. विश्वनाथ पौडेलले रिक्त दुई पदका लागि चार जना कार्यकारी निर्देशकहरूको नाम सरकारसमक्ष सिफारिस गरेका थिए।
नवनियुक्त डेपुटी गभर्नर राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यकारी निर्देशक हुन् । २०६२ सालमा राष्ट्र बैंकमा सेवा प्रवेश गरेको २० वर्षमै उनी डेपुटी गभर्नर बन्न सफल भएका हुन् । पण्डितले यसअघि राष्ट्र बैंकको प्रवक्ताको रूपमा समेत काम गरिसकेका छन् ।
पण्डित वित्तीय क्षेत्रको नियमनका लागि अब्बल मानिन्छन् । खासगरी स्वार्थ समूहको प्रभावलाई चिरेर ठूला निर्णय समेत गर्न पछि नपर्ने उम्मेदवारको रुपमा उनलाई हेरिन्छ । उनी नियमन विभागमा हुँदा ल्याएको चालु पुँजी कर्जासम्बन्धी निर्देशन व्यवसायीको उच्च बदाबबीच लागु भएको थियो ।
उनले यसअघि बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता र उपभोक्ता संरक्षण डिभिजनका साथै भुक्तानी प्रणाली विभागको प्रमुखको रुपमा काम गरिसकेका छन् । कार्यकारी निर्देशक बन्नुअघि उनी लामो समय नियमन विभागकै निर्देशकको रुपमा समेत काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण