निजी क्षेत्र राज्यको मेरुदण्ड हो, यसलाई हेर्ने दृष्टिकोणमा स्पष्टता चाहिन्छ: सांसद महर
काठमाडौँ । प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऐन महरले निजी क्षेत्र राज्यको मेरुदण्ड भएकाले राज्यले यसलाई हेर्ने दृष्टिकोण र भिजनमा स्पष्टता ल्याउनुपर्नेमा जोड दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद महरले नीति भन्दा पहिले राज्यको बुझाइ र दृष्टिकोण प्रधान हुने बताए ।
उनले राज्यको व्यवहार कहिले निजी क्षेत्रलाई अँगालो हाल्ने र कहिले दुस्मन जस्तो देख्ने खालको भएको भन्दै त्यसको आलोचना गरे । व्यवसायीलाई ‘दलाल’ वा ‘कमिसनखोर’ को रूपमा मात्र हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको तर्क थियो । सांसद महरले कर प्रणालीका बारेमा चर्चा गर्दै करको दर बढाउनु भन्दा दायरा बढाउनु पर्ने निजी क्षेत्रको मागमा आफू सहमत रहेको बताए ।
व्यवसायलाई प्रतिष्ठित बनाउन निजी क्षेत्र आफैँ पनि जिम्मेवार हुनुपर्ने महरको भनाइ छ । देशको डरलाग्दो व्यापार घाटा कम गर्न आयातमुखी भन्दा निर्यातमुखी व्यवसायमा केन्द्रित हुन उनले आग्रह गरे । विशेष गरी कृषि र पर्यटनमा ठुला लगानीकर्ताहरू आकर्षित हुनुपर्ने उनको सुझाव छ ।
आफ्नो गृह जिल्ला बझाङको उदाहरण दिँदै उहाँले त्यहाँ ओखर र टिम्मुर खेतीको प्रचुर सम्भावना रहेको बताए । खप्तड र मानसरोवर जाने ताक्लाकोट नाकाको विकास गरी पर्यटनबाट ठुलो लाभ लिन सकिने योजना पनि सुनाए । निजी क्षेत्रलाई अर्थतन्त्रको बलियो आधार बनाउन आफू र आफ्नो पार्टी दृढतापूर्वक उभिने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण