शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पक्राउ पुर्जी जारी भएपछि मेयर यादव फरार

बिहीबार, २६ चैत २०८२, १८ : १७
बिहीबार, २६ चैत २०८२

सारांश

  • सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध कार्यालय सहयोगीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।
  • कुटपिटबाट घाइते भएका रामशरण यादवको थप उपचारका लागि काठमाडौँ लगिएको छ।
  • पक्राउ पुर्जी जारी भएपछि मेयर यादव फरार भएका छन् र प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ।

सिरहा । सिरहा नगरपालिकाका मेयर डा. नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकामा कार्यरत कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनी विरुद्ध पुर्जी जारी भएको सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए । 

नगर प्रमुख यादवले गत सोमबार हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात र मुक्काले कुटपिट गरेका थिए ।

कुटपिटबाट शरीरका विभिन्न भागमा पनि चोट पटक लागेको प्रहरीले जनाएको छ । यादवको विराटनगरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ लगिएको छ । 

सोही घटनामा मेयर यादवमाथि अभद्र व्यवहार गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय सिरहामा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ अनुमति लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक पाठकले जानकारी दिए । 

पक्राउ पुर्जी भएपछि मेयर यादव फरार भएका छन् । मेयर यादवको खोजी कार्य तीव्र पारिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप