दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा पेसी तोकियो
सारांश
- पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ।
- सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ हुनेछ।
- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पेस गरेको लिखित जबाफका आधारमा अदालतले सुनुवाइ प्रक्रिया अगाडि बढाएको हो।
काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
पूर्वमन्त्री खड्काको हकमा श्रीमती विनीता थापाले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए । पूर्वमन्त्री खड्का सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ परेका थिए । यसअघि बुधबार न्यायाधीशहरू महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको इजलासले कागजात झिकाउने आदेश दिएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको लिखित जबाफबाट खड्कालाई काठमाडौँ जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप भएको थियो । यस विषयमा के कसो भएको हो भनेर बिहीबार साँझ ५ बजेभित्र लिखित जबाफ अदालतबाट माग्न सर्वोच्चले आदेश जारी गरेको थियो । लिखित जवाफ पेस भएसँगै आजका लागि पेसी तोकिएको हो ।
त्यस्तै दोस्रो पटक हिरासतमा राख्ने गरी भएको म्याद थपको कागजात र अनुसन्धान गरिएका थप कागजातहरू नदेखिएकाले महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन पत्राचार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियाको डिफेन्स र अट्याक दुवैको मुख्य हतियार : जोस्को ग्वार्डिओल
-
यी हुन् ०१८ सालमा गेष्टहाउस चौर काण्डमा मारिएका १८ र बेपत्ता पारिएका १५ जना
-
‘मुन्ना भाई एमबीबीएस’ र ‘३ इडियट्स’ को सीक्वलबारे निर्देशक हिरानी के भन्छन् ?
-
२५ लाख रुपैयाँ मुनिका योजना नल्याउने सुदूरपश्चिम सरकारको निर्णय कागजमै सीमित
-
‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोड
-
काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण