मदन भण्डारी राजमार्गः ४३ किलोमिटर कालोपत्र सम्पन्न
झापा । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको मदन भण्डारी राजमार्ग हालसम्म ४३.६८ किलोमिटर सडक कालोपत्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ।
सुनसरी जिल्लाको झण्डा चोकदेखि झापाका पाटापुरसम्मको १३५.२९ किलोमिटर सडकमध्ये १०३.२९ किलोमिटर सडक ठेक्का भइसकेको छ भने २५.३२ किमी सडक ठेक्का व्यवस्थापन हुन बाँकी रहेको छ । जसमध्ये ४३.६८ किमी कालोपत्र भएको हो।
कार्यालयका अनुसार कालोपत्र हुन बाँकी भागको ठेक्का लगाउने तयारी भइरहको छ । कार्यालयका इन्जिनियर स्वस्तिका भट्टराईले रुख कटानमा ढिलाइ भएकाले सडक निर्माणमा ढिलाइ भएको बताए। उनले भने, “रुख कटान सकियो, अब सडक निर्माणले गति लिन्छ ।”
ठेक्का लागेको ३७ वटा पुलमध्ये २५ वटा निर्माण भइसकेको जानकारी दिए । निर्माण सम्पन्न हुन बाँकी रहेका १२ वटा पुलमध्ये १० वटामा सहज रूपमा गाडी कुद्न सक्ने उनको भनाइ छ । सडक र पुल गरी आयोजना निर्देशानलय र योजना कार्यालयबाट १० अर्ब १३ करोड रुपैयाँ ठेक्का सम्झौता भएकामा हालसम्म आठ अर्ब रुपैयाँ खर्च भइसकेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण