सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खुस्बु ओलीले दिइन् साइबर ब्युरोमा उजुरी

सोमबार, ३० चैत २०८२, १९ : ४०
सोमबार, ३० चैत २०८२

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमा भएको दुष्प्रचारविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन्।
  • उनले आफूविरुद्ध सुनियोजित रूपमा फैलाइएको भ्रामक सूचना र चरित्रहत्या गर्ने कार्यविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिइन्।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की सांसद खुस्बु ओलीले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले सोमबार सामाजिक सञ्जाल एक्समार्फत आफूले उजुरी दर्ता गराएको जानकारी दिइन् । सामाजिक सञ्जालमा दुष्प्रचार भएको भन्दै उनले उजुरी दिएकी हुन्। 

आफू विरुद्ध सामाजिक सञ्जालमार्फत सुनियोजित रूपमा फैलाइएको दुष्प्रचार, भ्रामक सूचना तथा चरित्रहत्या गर्ने उद्देश्यले गरिएको गतिविधिविरुद्ध नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी दर्ता गराएको सांसद ओलीले बताइन्। 

साइबर दुरुपयोग र दुष्प्रचारविरुद्ध कानुनी राज्यको प्रक्रियाअनुसार आवश्यक सबै कदम निरन्तर रूपमा अघि बढाउने उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप