तस्बिरमा २०८२ : उतारचढाव, उपलब्धि र आँसुको एउटा स्मरण
सारांश
- २०८२ साल राजनीतिक उतारचढाव, आर्थिक चुनौती र प्राकृतिक विपत्तिका कारण नेपाली इतिहासको एक अविस्मरणीय वर्ष बनेको छ।
- युवा पुस्ताको आन्दोलनले राजनीतिमा परिवर्तन ल्याए पनि यसले निजी क्षेत्र र अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको छ।
- खेलकुद र मनोरञ्जन क्षेत्रका गतिविधिले उत्साह थपे पनि सडक दुर्घटना र मानवीय क्षतिले राष्ट्रलाई मर्माहत बनाएको छ।
- नेपाल फोटो लाइब्रेरी
काठमाडौँ । आजदेखि नयाँ वर्ष २०८३ सुरु भएको छ। बितेको वर्ष २०८२ नेपाली इतिहासमा अन्य वर्षझैँ सामान्य रहेन। यो वर्षले सामाजिक, राजनीतिक, आर्थिक र नेपाली स्वाभिमानको कदरका रूपमा थुप्रै उपहार, अनुभव र केही कहिल्यै निको नहुने घाउहरू छाडेर गएको छ। नेपाल फोटो लाइब्रेरीका तस्बिरहरूलाई साक्षी राखेर हेर्दा २०८२ साल सम्झन र बिर्सन लायक अनेकौँ घटनाहरूको साक्षी बन्यो।

- राजनीतिक उथलपुथल र जेनजी आन्दोलन
२०८२ साल राजनीतिक हिसाबले अत्यन्तै उतारचढावपूर्ण रह्यो। विशेषगरी जेनजी पुस्ताको आन्दोलनले मुलुकको राजनीतिमा ठूलो परिवर्तनको लहर ल्यायो। युवाहरूको यो सक्रियताले पुराना राजनीतिक समीकरणहरू भत्काए पनि आर्थिक क्षेत्रमा भने ठूलो क्षति पुग्यो। आन्दोलनका क्रममा भाटभटेनी लगायतका ठूला उद्योग र व्यवसायहरूमा क्षति पुग्यो। तर, भदौ २४ को विध्वंशबाट सबैभन्दा बढी प्रभावित भएको भाटभटेनी सबैभन्दा छिटो पुनरागमन गर्न सफल भयो। आगलागीमा पूर्ण क्षति भएका धेरै आउटलेटहरू पुनः सञ्चालनमा आउनुले नेपाली निजी क्षेत्रको अठोटलाई झल्काएको छ।

- आर्थिक सुस्तता र प्राकृतिक विपत्ति
आर्थिक क्षेत्रका लागि यो वर्ष उत्साहजनक रहेन। पहिल्यै शिथिल रहेको निजी क्षेत्र आन्दोलनको प्रभावले झन् थलियो। यही बीचमा राष्ट्र बैंकले नयाँ गभर्नरका रूपमा विश्व पौडेललाई पायो। प्राकृतिक रूपमा पनि यो वर्ष कष्टकर रह्यो। मधेशमा लागेको चरम खडेरीले धानले हरियाली हुनुपर्ने खेतहरूमा धाँजा फाटे भने रसुवामा आएको बाढीले वितण्डा मच्चायो। चीनसँगको नाका लामो समय बन्द हुनुका साथै सयौँ सवारी साधन बाढीमा बगेर र पुरिएर नष्ट भए।

- खेलकुदमा नयाँ युग र अन्तर्राष्ट्रिय रौनक
निराशाहरूका बीच खेल क्षेत्रले भने नेपालीहरूलाई मुस्कुराउने अवसर दियो। त्रिवि क्रिकेट रङ्गशाला पहिलो पटक फ्लड लाइटले सजियो र नेपाली खेलप्रेमीले आफ्नै भूमिमा रात्रिकालीन क्रिकेटको अनुभव लिन पाए। नेपाल सुपर लिगको रौनकका लागि ब्राजिलका प्रख्यात फुटबलर रोबर्टो कार्लोसको नेपाल आगमनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको ठूलो चर्चा भयो। त्यस्तै, मनोरञ्जन क्षेत्रमा भारतका चर्चित कलाकारहरू नोरा फतेही, सञ्जय दत्त र सोनु निगमको काठमाडौँ प्रस्तुतिले नेपाली सहरहरूलाई ततायो।

- कहिल्यै नमेटिने सडक दुर्घटना र राष्ट्रिय शोक
सडक दुर्घटनाको नियति २०८२ मा पनि दोहोरियो। धादिङको चरौंदीमा भएको बस दुर्घटनामा १९ जनाले ज्यान गुमाउँदा सिंगो देश स्तब्ध बन्यो। उता, इजरायलमा हमासको आक्रमणमा परी बन्धक बनाइएका विपिन जोशीको निधनको खबरले सबैलाई मर्माहत बनायो। उनको शव नेपाल ल्याएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो, जसले हरेक नेपालीको आँखा रसायो।
यसरी २०८२ सालले कतै विकासका उज्याला आशा देखायो त कतै विनाशका काला धब्बाहरू छोड्यो। राजनीतिक जागरण र भौतिक पूर्वाधारका केही उपलब्धिहरूका बीच आर्थिक क्षति र मानवीय संवेदनाका हिसाबले २०८२ साल नेपाली इतिहासको एउटा अविस्मरणीय पाना बनेको छ।




































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण