कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
सारांश
- कतारको रास लाफान एलएनजी हबमा भएको विस्फोटमा १२ जना भारतीय नागरिकसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
- कतारी अधिकारीहरूले उक्त घटनालाई सञ्चालनका क्रममा भएको प्राविधिक खराबीका कारण भएको औद्योगिक दुर्घटना बताएका छन् ।
- घटनामा ६६ जना घाइते भएका छन् र दूतावासले १२ भारतीय नागरिकको शव स्वदेश फिर्ता पठाउने प्रक्रिया अघि बढाएको छ ।
दोहा । कतारको विशाल ग्यास प्रशोधन केन्द्र रास लाफान एलएनजी हबमा भएको विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा १२ जना भारतीय नागरिक रहेका छन् ।
कतारी अधिकारीहरूले उक्त घटना औद्योगिक दुर्घटना भएको र कुनै सैन्य वा द्वन्द्वसम्बन्धी कारण नभएको बताएका छन् ।
कतारको गृह मन्त्रालयका अनुसार आइतबार भएको विस्फोट सञ्चालनका क्रममा भएको प्राविधिक खराबीका कारण भएको थियो । घटनामा ६६ जना घाइते भएका छन् ।
दोहास्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा विस्फोटमा १२ भारतीय नागरिकको मृत्यु भएको पुष्टि गर्दै उनीहरूको शव स्वदेश फिर्ता पठाउने प्रक्रिया अघि बढाइएको जनाएको छ । कतारी अधिकारीहरूले घटनाको विस्तृत अनुसन्धान सुरु गरेका छन् । रास लाफ्फान एलएनजी केन्द्र विश्वकै सबैभन्दा ठुलो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादन तथा निर्यात केन्द्र मानिन्छ ।
गत वर्ष अमेरिका–इजरायल र इरानबिच भएको युद्धका क्रममा यो केन्द्र इरानी क्षेप्यास्त्र आक्रमणको निशानामा परेको थियो । त्यसबेला संरचनामा ठुलो क्षति पुगेको बताइएको थियो । कतारमा आठ लाखभन्दा धेरै भारतीय नागरिक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण