सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बन्ने भयो फिल्म ‘रत्यौली’

मङ्गलबार, ०१ वैशाख २०८३, ११ : ३७
मङ्गलबार, ०१ वैशाख २०८३

काठमाडौँ । नयाँ वर्ष २०८३ सालको अवसर पारेर अभिनेत्री पूजा शर्माले नयाँ फिल्म ‘रत्यौली’ निर्माण घोषणा गरेकी छन् । नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सको निर्माणमा तयार हुन लागेको फिल्ममा पूजा र विजय बरालको मुख्य अभिनय रहनेछ । विजय र पूजाले फिल्मको पर्दामा पहिलो पटक काम गर्न लागेका हुन् ।

मुस्कान ढकालको निर्देशन रहने फिल्मलाई सुरज आचार्यले निर्माण गर्दैछन् । १ सय भन्दा बढी नेपाली फिल्ममा प्रोडक्सन डिजाइनरको रूपमा काम गर्दै आएका सुरज आचार्यले उचाइ, फर्जी, मिराई, टिसोन नाइडु, दश का दम लगायतका फिल्ममा लाइन प्रोड्यूसरको रूपमा काम गरिसकेका छन् । ३२ आचार्यले ‘मेरो लभ स्टोरी, कर्म योद्धा’मा सह–निर्माता र ‘वरमाला’मा निर्माताको रूपमा यसअघि काम गरेका थिए ।

फिल्म घोषणासँगै निर्माण युनिटले एक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा विजय र पूजा रत्यौलीमा नाचिरहेको देख्न सकिन्छ । पूजाले दौरा सुरुवाल र नेपाली टोपी लगाएकी छिन् । साथै, उनको ओठमा जुँगा देख्न सकिन्छ । यसबाट पनि फिल्म रमाइलो बन्ने विश्वास गर्न सकिन्छ ।

फिल्मको विषयमा अरू केही पनि खुलाइएको छैन । पहिलो पटक फिल्मको पर्दामा देखिन लागेका विजय र पूजाको जोडी दर्शकका लागि चासो रूपमा रहने पक्का देखिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप