जितुको ‘कार्की साइँला’ साउनमा प्रदर्शन हुने
सारांश
- हास्य कलाकार जितु नेपालको मुख्य भूमिका रहेको फिल्म 'कार्की साइँला' साउन १ गतेदेखि प्रदर्शन हुने भएको छ।
- निर्माण युनिटले नयाँ वर्षको अवसर पारेर फिल्मको फष्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
काठमाडौँ । हास्य कलाकार जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘कार्की साइँला’ आगामी साउन १ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले नयाँ वर्षको अवसर पारेर फिल्मको फष्टलुक्समा एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार जितु नेपाललाई भरियाको रूपमा देखाइएको छ । उनले बोकेको डोकोको पहाडमा पाँच जना भरिया कतै हिँडिरहेको पनि देख्न सकिन्छ । साथै आकाशमा चराहरु उडिरहेका छन् । फिल्मको कथा अनुसार पोस्टर तयार गरिएको निर्माण युनिटले जनाएको छ ।
फिल्मका निर्देशक राजेन्द्र बस्नेत हुन् । नेपालको पुर्वी जिल्ला धनकुटा, सुनसरीको बराहक्षेत्र, चतरा लगायस्थानमा खिचिएको फिल्ममा जितु नेपालका अलवा प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल,वीरेन्द्र सिंह कुशहुवा,मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूले अभिनय छ ।
बालकुमार राई निर्माता रहेको फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन् । कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको यस फिल्ममा द्वन्द्व किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु र प्रोडक्सन सिबी भण्डारीको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण