बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु

बुधबार, ०२ वैशाख २०८३, १७ : ०७
बुधबार, ०२ वैशाख २०८३

काठमाडाैँ । दक्षिणी लेबनानको अन्सारीयेह शहरमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ।

लेबनानी राष्ट्रिय समाचार एजेन्सीले बुधबार शहरलाई लक्षित गरी गरिएको आक्रमणमा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ।

यसले इजरायले अल–कुलाइलाह शहरको प्रवेशद्वार, साथै बिन्त जबेल शहरको वरपरका क्षेत्रहरूलाई लक्षित गरी हात्रलमण गरेको र हानिन शहरका घरहरूमा विस्फोट गराएको पनि बताएको छ।

लेबनानी स्वास्थ्य मन्त्रालयले मार्च– २ देखि देशमा जारी इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार १२४ जना पुगेको र छ हजार ९२१ जना घाइते भएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप