पप्पु कन्स्ट्रक्सनलाई सडक डिभिजनको १५ दिने अल्टिमेटम
सारांश
- सडक डिभिजन महेन्द्रनगरले शिवगंगा नदीको पुल निर्माण अलपत्र पार्ने पप्पु-एडभेन्चर जेभीलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ।
- चित्तबुझ्दो जवाफ नआएमा ठेक्का तोडेर निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ।
काठमाडौँ । कैलालीको देवरिया–बेहडाबाबा सडक अन्तर्गत शिवगंगा नदीमा आरसीसी पुल निर्माणको ठेक्का पाएको पप्पु–एडभेन्चर जेभीले काम अलपत्र पारेपछि सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का तोड्ने अन्तिम चेतावनी दिएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै पप्पु–एडभेन्चर जेभीलाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए ठेक्का सम्झौता अन्त्य गरी निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।
सडक डिभिजनका अनुसार पुलको नयाँ ‘अलाइनमेन्ट’ अनुसार डिजाइन र ड्रइङ पेस गर्न पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि निर्माण व्यवसायीले बेवास्ता गर्दै आएको छ । लामो समयदेखि निर्माण कार्य ठप्प हुँदा र कार्य प्रगति सन्तोषजनक नभएपछि कार्यालयले कडा कदम चाल्न लागेको हो ।
सूचनामा भनिएको छ, ‘मनासिव कारण भए यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस डिभिजनमा लिखित स्पष्टीकरण पेस गर्नुहुन अनुरोध गरिन्छ । अन्यथा ठेक्का सम्झौताको......५७.१/५७.२, सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ बमोजिम ठेक्का अन्त्य गरिनेछ ।’
ठेक्का तोडिएमा निर्माण व्यवसायीको कार्यसम्पादन जमानत जफत गरिनुका साथै बाँकी निर्माण कार्य गर्न लाग्ने थप खर्च समेत सोही व्यवसायीबाट सरकारी बाँकी सरह असुल उपर गरिने कार्यालयले चेतावनी दिएको छ ।
यसअघि पनि विकास निर्माणका काममा ढिलासुस्ती र गुणस्तरहीन काम गरेको भन्दै पप्पु कन्स्ट्रक्सन पटक–पटक विवादमा पर्दै आएको छ ।
_b1f6xhqzQA.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण